मोटरसाइकल दुर्घटनामा परी इन्स्पेक्टरको मृत्यु

सफल खबर संवाददाता

बुधबार, १० साउन २०८०, ०९ : १८
मोटरसाइकल दुर्घटनामा परी इन्स्पेक्टरको मृत्यु

जनकपुर । सर्लाहीमा सवारी दुर्घटनामा परेर राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर)को मृत्यु भएको छ। बुधबार बिहान २९ वर्षीय इन्स्पेक्टर साहको शव पुल नजिकै फेला परेको हो।

जिल्लाको ईश्वरपुर नगरपालिका-६ बयलबास घर भएका साह राति कार्यालयबाट घर फर्किने क्रममा ईश्वरपुर ९ मा दुर्घटनामा परेको प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए।

बागमती प्रदेश ०२-०१६ प ००७१ नम्वरको मोटरसाइकल दुर्घटनामा परी इन्स्पेक्टर साहको ज्यान गएको हो।

प्रहरी उपरीक्षक सुवेदीले घटनास्थलमा पुगेर मुचुल्का संकलन भइरहेको र यसबारे थप अनुसन्धान भइरहेको जानकारी दिए।

प्रतिक्रिया दिनुहोस