मोटरसाइकल दुर्घटना हुँदा मोरङमा प्रहरी सहायक निरीक्षकको मृत्यु

विहीबार, २४ साउन २०७५, १८ : ३९
मोटरसाइकल दुर्घटना हुँदा मोरङमा प्रहरी सहायक निरीक्षकको मृत्यु


मोरङ । मोरङको विराटनगर–१८ स्थित विराटनगर– जोगवनी सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी सहायक निरीक्षकको मृत्यु भएको छ ।

जेगवनीबाट विराटनगरतर्फ आज आउँदै गरेको को७प २५५९ नं को मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा इलाका प्रहरी कार्यालय बुद्धनगरमा कार्यरत ४२ वर्षीय प्रहरी सहायक निरीक्षक विवेकानन्द झाको मृत्यु भएको हो ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका झाको कोशी अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी निरीक्षक शिवकुमार पोख्रेलले जानकारी दिनुभयो ।  (रासस)

प्रतिक्रिया दिनुहोस