आजबाट नेपाली सेनाको कमाण्ड पूर्णचन्द्र थापाले सम्हाल्ने

विहीबार, २४ साउन २०७५, १७ : ४३
आजबाट नेपाली सेनाको कमाण्ड पूर्णचन्द्र थापाले सम्हाल्ने

काठमाडौं । नेपाली सेनाको नेतृत्व आजबाट परिर्वतन भएको छ । प्रधानसेनापति राजेन्द्र क्षेत्रीको कार्यकाल सकिन एक महिना बँकि रहँदा विदामा बस्ने प्रवधान अनुरुप उनी विदामा बस्ने भएपछि आजबाट बलाधिकृत रथी पूर्णचन्द्र थापाले सम्हाल्ने भएका हुन्  । प्रधानसेनापति राजेन्द्र क्षत्रीले सैनिक मुख्यालय जंगी अड्डामा बिहीबार आयोजित विशेष समारोहमा बलाधिकृतरथी थापालाई नेपाली सेना बुझबुझारथ गर्ने कार्यक्रम छ । बलाधिकृतरथी थापाले भदौ २३ गतेदेखि मात्र नेपालको ४३औँ प्रधानसेनापतिको पूर्ण जिम्मेवारी सम्हानेछन् । विक्रम संवत् २०१७ भदौ २५ गते जन्मिएका बलाधिकृत थापा २०३६ मा सेनाको अधिकृत क्याडेटबाट सेवा प्रवेश गरेका थिए ।

प्रतिक्रिया दिनुहोस