नेपाली बालबालिकाले फिलिपिन्समा जिते दुई शीर्षसहित पाँच उपाधि

सफल खबर संवाददाता

सोमबार, ०८ साउन २०८०, १४ : ०३
नेपाली बालबालिकाले फिलिपिन्समा जिते दुई शीर्षसहित पाँच उपाधि

काठमाडौं । फिलिपिन्समा आयोजित ‘क्राउन्ड एम्बेसडर इन्टरनेसनल २०२३’ मा नेपाली बालबालिकाले दुई शीर्षसहित पाँच उपाधि जितेका छन् । राजधानी मनिलामा हालै सम्पन्न प्रतियोगिता जितेस सबै बालबालिका हिजो (आइतबार) साँझ स्वदेश फर्किएका हुन् ।

नेपाली बालबालिकाले प्राप्त गरेको उपाधि देशका लागि ठूलो उपलब्धि भएको रेडियन्ट इभेन्ट म्यानेजमेन्टका प्रबन्ध निर्देशक तथा फेसन कोच राज फैजुले बताए । त्यस्तै प्रतियोगितामा नेपालका तर्फबाट सहभागी संयक श्रेष्ठले ‘योङ प्रिन्स क्राउन्ड एम्बेसडर इन्टरनेशनल २०२३’ को शीर्ष उपाधि जित्दा लावेन लिम्बूले ‘योङ प्रिन्सेस क्राउन्ड एम्बेसडर इन्टरनेशनल २०२३’को शीर्ष उपाधि हात पारिन् । यही प्रतियोगिताअन्तर्गत दर्शना संग्रौला फस्ट रनरअप भएकी छन् ।

सोही कार्यक्रममा आयोजित ‘टिन क्राउन्ड एम्बेसडर इन्टरनेशनल २०२३’मा रिदिमा नेपालले फस्ट रनरअपको उपाधि जित्दा सिजना प्रधानले भने ‘योङ प्रिन्सेस क्राउन्ड एम्बेसडर कल्चर इन्टरनेसनल’ सबटाइटल प्राप्त गरिन् ।

 

प्रतिक्रिया दिनुहोस