विकासको गति बढाउन सरकारलाई तिमिल्सिनाको सुझाव

विहीबार, २४ साउन २०७५, १३ : ५१
विकासको गति बढाउन सरकारलाई तिमिल्सिनाको सुझाव

चितवन । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विकास निर्माणको गति बढाउन सरकारलाई सुझाव दिनुभएको छ ।
यहाँ आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले विधेयकहरु चाँडो ल्याउन सरकारसँग आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “केही विधेयकहरु समय सीमाको हिसाबले असोज २ गतेभित्र आइसक्नुपर्ने हुन्छ । त्यसका लागि हामीले सरकारलाई घच्घच्याइरहेका छौँ ।”

राष्ट्रियसभामा अहिले दुई विधेयक टेबुल भएको जानकारी दिँदै उहाँले ती समय सीमाभित्र पारित हुने बताउनुभयो । अध्यक्ष तिमिल्सिनाले देशमा शान्तिसुरक्षा कायम हुनुपर्ने तथा सबैले आफ्नो पेशा, व्यवसाय निर्बाध रुपमा गर्न पाउनुपर्ने बताउनुभयो । कुनै पनि समस्या विधि र कानूनसम्मत ढङ्गबाट समाधान गर्नुपर्ने उहाँको भनाइ थियो । (रासस)

प्रतिक्रिया दिनुहोस