काठमाडौँ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-१४ राम्चे बस्ने ४० वर्षीय गोविन्द दर्लामीलाई अवैध भरुवा बन्दुक १ थानसहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनको घरबाट उक्त भरुवा बन्दुक फेला उनलाई पक्राउ गरेको हो ।
उता कैलालीको कैलारी गाउँपालिका-६ खरुवाखेडा बस्ने ५२ वर्षीय नारायण प्रसाद चौधरीलाई भरुवा बन्दुक १ थान, भरुवा बन्दुकमा प्रयोग हुने ६६ पिस फलामको छर्रा, बारुद ४ डिब्बा र सिसाका टुक्राहरू १० पिससहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
चौधरीको घरमा भरुवा बन्दुक रहेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय हसुलियाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्ने क्रममा लुकाई छिपाई राखेको अवस्थामा उक्त हतियार फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०७ साउन २०८०, १४ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लालबन्दीबाट ३८ केजी गाँजासहित एक जना पक्राउ
नौ सय ५७ ग्राम खैरो हिरोइनसहित चार जना पक्राउ
जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ
खैरो हेरोइन र नगदसहित युवक पक्राउ
बनेपा हिरासतबाट फरार पाँच प्रतिवादी पक्राउ
प्रहरी कार्यालयमा आगजनी गर्ने झापाबाट १० जना पक्राउ