मधेश समृद्ध नभए सम्म देशको मुहार फेरिँदैन : एमाले उपमहासचिव ज्ञवाली

सफल खबर संवाददाता

शनिबार, ०६ साउन २०८०, २० : ३९
मधेश समृद्ध नभए सम्म देशको मुहार फेरिँदैन : एमाले उपमहासचिव ज्ञवाली

बारा । नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले मधेशको समृद्धि एमालेबाट मात्रै सम्भव रहेको बताएका छन् । प्रेस चौतारी नेपाल बाराले  सिमरामा शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा एमाले उपमहासचिव ज्ञवालीले मधेश समृद्ध नभएसम्म देशको मुहार नफेरिने बताए ।

‘मधेशमा लामो समय नेपाली कांग्रेसले र २०६४ यता मधेश केन्दित दलहरूले राज गरिरहे पनि विकास, स्वास्थ्य र शिक्षाको आवस्था विकट जिल्ला कर्णालीको भन्दा पनि कमजोर पारिएको छ । यो मधेशका लागि दु:खदायी विषय हो’, उनले भने ।

एमालेको स्कुल विभाग प्रमुखसमेत रहेका पूर्वमन्त्री ज्ञवालीले पछिल्लो राजनैतिक घटनाक्रम र सरकार सञ्चलनप्रति इङ्तित गर्दै वर्तमान् सरकार देश र जनताका पक्षमा नभई विदेशीको हितमा काम गरिरहेको आरोप लगाए ।

प्रधानमन्त्री प्रचण्डको पछिल्लो भारत भ्रमण नेपालका हितमा भन्दा पनि भारतको इच्छा पुरागरिदिने कडी बनेको उनको भनाई थियो । ‘भारतले चाहेका जलविधुत आयोजना नेपालका तर्फबाट जिम्मा लगाउने काम भयो । भारतले २७ वर्षदेखी अलपत्र पारेएको माथिल्लो कर्णालीका सम्बन्धमा कुनै सम्वाद नगरि थप दुईवटा आयोजना पुन: जिम्मा लगाउने काम भएको छ,’ उनले भने ।

यस्तै सरकारले ललिता निवास र भुटानी सरणार्थी प्रकरणमा स्टन्ट गरिरहेको उनको भनाई थियो । भ्रस्टाचारको छानविन गर्न पहिला सरकारमा रहेकाहरु सफा हुनुपर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस