चितवन । नेपाली कांग्रेस चितवनले ४१औँ बिपी स्मृति दिवसको अवसरमा आजदेखि १५ दिने सदस्यता वितरण तथा नविकरण अभियान सञ्चालन गरेको छ ।
नेपाली कांग्रेसका जिल्ला सभापति राजेश्वर खनालका अनुसार आज जिल्लाका ९८ वटै वडामा एकैसाथ अभियान सञ्चालन गर्न लागिएको हो । अभियानका लागि सबै वडामा जिल्लाबाट प्रतिनिधि खटाइएको उनले जानकारी दिए । अभियानका क्रममा नेपाली कांग्रेसको सदस्यता वितरण, क्रियाशील सदस्यता नवीकरणलगायतका जागरणका काम गरिनेछ ।
नयाँ सदस्यताका लागि अनलाइनबाट समेत फाराम भर्न सकिनेछ । अहिले वितरण गरिएको साधारण सदस्यलाई एक वर्षपछि वडाको सिफारिसमा क्रियाशील सदस्यता दिन सकिनेछ । चौधौँ महाधिवेशनमा जिल्लामा नेपाली कांग्रेसका २८ हजार दुई सय क्रियाशील सदस्य रहेका थिए ।
अभियानका क्रममा पार्टीका गतिविधिमाथि छलफल तथा अन्तक्र्रिया हुनेछन् । सबै वडाले यही साउन २० गते वडा सम्मेलन सम्पन्न गरिसकेपछि पालिका, प्रदेश र क्षेत्रको सम्मेलन गरिने उनले जानकारी दिए । पालिका, प्रदेश र क्षेत्रीय सम्मेलन सम्पन्न गरी आगामी भदौ २४ गते जिल्ला सम्मेलन गर्ने गरी अभियानलाई अघि बढाइएको सभापति खनालले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, ०६ साउन २०८०, १२ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेसका कृष्णप्रसाद यादवलाई मुख्यमन्त्री बनाउन सात दलीय गठबन्धन सहमत
राष्ट्रिय सभा र प्रदेश सांसदलाई उम्मेदवार नबनाउने काँग्रेसको निर्णय
कांग्रेसको पार्टी कमिटिलाई अर्काे परिपत्र : स्थानीय तह, प्रदेशसभा र राष्ट्रिय सभामा बहाल जनप्रतिनिधि उम्मेदवार बन्न नपाउने
सामाजिक न्यायको पक्षमा निरन्तर उभिने काँग्रेसको प्रतिबद्धता
कांग्रेसले यस्तो बनायो क्रियाशील सदस्यता वितरण र नवीकरणको मापदण्ड
कांग्रेस केन्द्रीय कार्य समितिकाे बैठक सुरु