'ब्रेक शु'सहित सुनको तौल १५५ केजी ४६८ ग्राम

सफल खबर संवाददाता

विहीबार, ०४ साउन २०८०, १६ : ३३
'ब्रेक शु'सहित सुनको तौल १५५ केजी ४६८ ग्राम

काठमाडौं । राजस्व अनुसन्धान विभागले बुधबार बरामद गरेको ‘ब्रेक सु’सहितको तौल लिइएको छ । टक्सार विभागले ब्रेक सुसहित जोख्दा आठ पोकाको कुल तौल १५५ केजी ४६८ ग्राम रहेको महाशाखाका निर्देशक थानेश्वर आचार्यले जानकारी दिए ।

सुन कति छ भनेर ब्रेक सुल निकालेर मात्र थाहा हुने आचार्यकाे भनाइ छ । ‘ब्रेक शु'भित्र सुनका साना-साना टुक्रा छन्, त्यसैले सबै निकालेर जोख्न केही समय लाग्छ,’ उनले भने ।सुनलाई मुचुल्का उठाएर  महाशाखाको ढुकुटीमा राखिएको छ । 

रेडी ट्रेडलिंक बुढानीलकण्ठका नाममा हङकङबाट ल्याइएको उक्त सुन विमानस्थलको भन्सार जाँचपास भएर ट्याक्सीमा लैजान लागिएको अवस्थामा राजस्व अनुसन्धान विभागको टोलीले बरामद गरेको हो । उक्त अवैध सुन ल्याउने कार्यमा संलग्न भएको आरोपमा ६ जना पक्राउ परिसकेका छनन् । 

प्रतिक्रिया दिनुहोस