दराजले ल्यायो ७० प्रतिशतसम्मको ‘महाबचत बजार’

सफल खबर संवाददाता

विहीबार, ०४ साउन २०८०, १४ : २६
दराजले ल्यायो ७० प्रतिशतसम्मको ‘महाबचत बजार’

काठमाडौँ । दराज नेपालले २०२३ को लागि आफ्नो वार्षिक अभियान ‘महाबचत बजार’ को औपचारिक घोषणा गरेको छ। यस अभियानमा दराजले ७०% सम्म छुटको मेगा डिल अफर ल्याएको छ |

दराजले अनलाइन सपिङमा अफरहरुको साथ झन्झटरहित सपिङ , सामान डेलिभरी र अन्य थुप्रै सेवाहरु प्रदान गर्दछ | उक्त उद्देश्यलाई प्राथमिकता राख्दै दराजले ई-सेवा, IME Pay र अन्य बैंकहरु मार्फत प्रि-पेमेन्ट्को पनि व्यवस्था गरेको छ जसमा ग्राहकहरुले १०% छुट अधिकतम रु. १००० र १५% छुट अधिकतम रु. १५०० प्राप्त गर्न सक्नेछन् |

त्यसैगरी, यस अभियानको Giveaway Prize मा Panasonic 270 L Inverter Frost-Free Double-Door Refrigerator, Panasonic 55 Inch 4K HDR Smart Android LED TV, र Panasonic 8kg Front Load Washing Machine समावेश छ। मेगा गिवअवे पुरस्कार जित्नको लागि ग्राहकले न्यूनतम रु. ३५०० को प्रि-पेमेन्ट गर्नुपर्ने हुन्छ ।

महाबचत बजारको बारेमा बोल्दै दराजकी मार्केटिङ हेड विधा प्रधानले ‘‘यस महाबचत अभियानमा ग्राहकहरुले दराजबाट सामान खरिद गर्दा आकर्षक डिस्काउन्टको फाइदा लिइ बचत गर्न सकिने, त्यसैले दराज एपमा गई सपिङको मज्जा लिन हामी ग्राहकवर्गमा अनुरोध गरिएको कुरा बताइन् |”

बैंक पार्टनर 

दराजले महाबचत बजार अभियानमा आफ्ना ग्राहकहरूलाई अधिकतम छुट उपलब्ध गराउन विभिन्न बैंकहरूसँग साझेदारी गरेको छ | उक्त बैंकहरुमा सानिमा बैंक लिमिटेड, एनआईसी एशिया बैंक लिमिटेड,एनएमबि बैंक लिमिटेड, कृषि विकास बैंक लिमिटेड, नेपाल बैंक लिमिटेड, नेपाल एसबिआई बैंक लिमिटेड र कामना सेवा विकास बैंक लिमिटेड रहेका छन् ।

ब्रान्ड पार्टनर

दराज अभियानको बेला होस् या अरु कुनै दिन, दराजले सधैं आफ्ना ग्राहकहरुलाई उचित अफर र डिस्काउन्ट दिनको लागि आकर्षक ब्रान्ड अफरहरु लिएर आउने गर्दछ | त्यस्तै, दराजले महाबचत बजार अभियानलाई निरन्तरता दिन विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डहरूसँग साझेदारी गरेको छ जसमा यस अवधिभर उनिहरुले अधिकतम छुट पाउन सक्नेछन्।

ग्राहकहरुले अब Cetaphil मा फ्ल्याट १५% छुट, Mamaearth मा १५% सम्म छुट, Hyundai मा ३७% सम्म छुट, Konka मा ३०% सम्म छुट, OnePlus बाट फ्री डेलिभरी र Exclusive भाउचरहरू, Muscleblaze मा 40% सम्म छुट, र Goldstar Footwear मा ४०% छुट प्राप्त गर्न सक्नेछन् |

दराज नेपालको अग्रणी अनलाइन मार्केटप्लेस हो, जसले ईलेक्ट्रोनिक्स, सौन्दर्य, फेसन, स्वास्थ्य तथा थुप्रै अन्य प्रोडक्टहरुको अनलाइन व्यापार गर्दछ | १८००० भन्दा बढी बिक्रेताहरूको विस्तृत नेटवर्क, १.५ मिलियन सक्रिय एप प्रयोगकर्ताहरू र देशभरका १०८ शहरहरूको प्रभावशाली कभरेजको साथ दराजले ई-कमर्स परिदृश्यलाई द्रुत रूपमा परिवर्तन गरेको छ।

प्रतिक्रिया दिनुहोस