सरकारले आफुहरुको मुद्दा सम्बोधन नगरेको राजपाको आरोप

सफल खबर संवाददाता

बुधबार, २३ साउन २०७५, १९ : ०२
सरकारले आफुहरुको मुद्दा सम्बोधन नगरेको राजपाको आरोप

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालले आफुहरुको मुद्दा सरकारले सम्बोधन नगरेको भन्दै प्रधानमन्त्रीसंग छलफल गर्ने भएको छ ।
पार्टी कार्यालय बबरमहलमा बुधबार बसेको राजपा अध्यक्षमण्डलसहित शीर्ष नेताको बैठकले आफ्नो मुद्दाका बिषयमा बिहीबार पार्टीका अध्यक्षमण्डलले प्रधानमन्त्रीसंग छलफल गर्ने र आवश्यक निर्णय गर्ने निर्णय गरेको हो । संविधान संसोधन, आफ्ना नेतामाथि लागेका मुद्दा फिर्ता हुनुपर्ने लगायका माग सम्बोधन नभएको भन्दै पछिल्लो समय राजपाले सदनमा चर्को आवाज उठाउ“दै आएको छ । बैठकले संघिय तथा प्रादेशिक संसदमा सांसदहरुको भूमिकालाई प्रभावकारी बनाउन ओरेन्टेशन कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको छ भने महाधिवेशनका लागी तयारी अबस्थामा रहन जिल्ला कमिटिलाई सर्कुलर जारी गर्ने निर्णय पनि गरेको अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले जानकारी दिनुभयो ।
बैठकले जिल्लाको बैठक निरन्तर गराउने र निर्णय केन्द्रलाई जानकारी गराउन पनि निर्देशन दिएको छ । राजपाले यसअघि नै आगामी वैशाख ७ देखि ९ गतेसम्म पार्टीको महाधिवेशन गर्ने निर्णय गरिसकेको छ ।

 

प्रतिक्रिया दिनुहोस