काठमाडौ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बिहीवार पनि बस्दैछ ।
बैठक बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्नेछ । मंगलवारदेखि शुरू भएको बैठकमा नेताहरूले धारणा राख्नेक्रम जारी छ ।
बुधवारको बैठकमा पनि नेताहरूले धारणा राखेका थिए ।
बैठकमा छलफलका लागि विभिन्न १० कार्यसूची तय गरिएको छ । बैठकमा विभाग गठन, पार्टीको राष्ट्रिय अभियान घोषणा, अनुशासन समितिको प्रतिवेदन, समसामयिक राजनीतिक, कार्यसम्पादन समिति बैठकबाट भएका निर्णय अनुमोदन, सांगठनिक कार्ययोजना र कार्यतालिका, नीति अधिवेशन, पार्टीको निर्वाचन परिचालन समितिले तयार गरेको प्रतिवेदन विषयको कार्यसूचिमाथि छलफल भइरहेको छ ।
बुधवारको बैठकमा ४६ जनाले आफ्नो धारणा राखेका र धारणा राख्नेक्रम बिहीवार पनि जारी रहने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०४ साउन २०८०, ०६ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाली काँग्रेसको कोषाध्यक्षमा उमेश श्रेष्ठ नियुक्त
संसदमा प्रधानमन्त्रीको खोजी, रुलिङ गर्न सभामुखसँग कांग्रेसको माग
ओलीसँग छलफल गर्न विश्वप्रकाश शर्मा पुगे गुण्डु
प्रदेश सरकार हेरफेरबारे ओली निवासमा कांग्रेस–एमाले नेताबीच छलफल
राष्ट्रपतिको सम्बोधनका क्रममा प्रधानमन्त्रीले संसद् छाडेको विषयमा काँग्रेसद्वारा जवाफ माग
भ्रष्टाचार मुद्दामा सांसदलाई विशेष संरक्षणको प्रावधानप्रति काँग्रेसको आपत्ति