एजेन्सी । उत्तरी गोलार्धका देशहरु बढ्दो तापक्रमबाट आक्रान्त भइरहेका बेला विश्वले अझै तीव्र गर्मीको सामना गर्न तयार रहनुपर्ने संयुक्त राष्ट्रसङ्घले चेतावनी दिएको छ।
संयुक्त राष्ट्रसघंको विश्व मौसम विज्ञान सङ्गठन (डब्लूएमओ) को विश्व तापमान वृद्धिमामिला वरिष्ठ सल्लाहकार जोन नायरनले जेनेभामा पत्रकारहरूसँग भने, ‘यी घटनाहरू तीव्रतामा बढ्दै जानेछन् र विश्वले थप तीव्र गर्मीको लागि तयारी गर्न आवश्यक छ।’
उत्तरी गोलार्धमा थप उच्च तापक्रमको सामना गरिरहेको बेला भीषण गर्मी र डढेलोका कारण ग्रीसको समुद्री किनारको रिसोर्टनजिकै रहेका एक हजार २०० बालबालिकालाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपरेको यूरोपले मङ्गलबार जनाएको छ।
स्वास्थ्य अधिकारीहरूले उत्तरी अमेरिकादेखि युरोप र एसियासम्मका मानिसहरूलाई जलवायु परिवर्तनका कारण विश्व तापमानमा वृद्धि भइरहेको बताउँदै प्रशस्त पानीको सेवन गर्न र घामको प्रत्यक्ष सम्पर्कबाट सुरक्षित रहन आग्रह गरेका छन्।
नायरनका अनुसार गर्मीको प्रकोप सबैभन्दा घातक प्राकृतिक खतरामध्ये एक हो र प्रत्येक वर्ष हजारौं मानिसले रोकथाम गर्न सकिने गर्मीसँग सम्बन्धित कारणले ज्यान गुमाइरहेका छन्।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, ०३ साउन २०८०, ०८ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गाजा प्यालेस्टिनी राज्यको अभिन्न अंग हो र रहनुपर्छ: संयुक्त राष्ट्रसंघ
गाजावासीलाई नगद सहायता दिइए पनि बजारमा खाद्यान्न अभाव : संयुक्त राष्ट्रसंघ
सुडानमा १३ लाखभन्दा बढी मानिस आफ्नो घर फर्किए : संयुक्त राष्ट्रसंघ
गाजामा तीनमध्ये एक व्यक्ति भोकै : संयुक्त राष्ट्रसंघ
भारत र पाकिस्तानलाई संयमित हुन संयुक्त राष्ट्रसंघका प्रमुखको आग्रह