काठमाडौं।काठमाडौंको बसुन्धाराबाट नक्कली नोट र सुनसहित दुई जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा गोरखाको आरुघाट १० का ४८ वर्षीय दुर्गाबहादुर खत्री क्षेत्री र भारतको लखनउका ४५ वर्षीय विनयकुमार सिंह रहेका छन् ।
उनीहरूको साथबाट २००० दरको भारतीय नक्कली नोट ४ थान, १००० दरको नेपाली नक्कली नोट ६ थान, ५०० दरको भारतीय नक्कली नोट ४ थान बरामद भएको छ।यस्तै, १ किलो फाइन गोल्ड लेखिएको सुनजस्तो पहेँलो धातु २ थान, १० किलो फाइन गोल्ड लेखिएको सुन जस्तो पहेँलो धातु क्यूआर कोडसमेत राखिएको प्याकेट २०० थान, १० किलो फाइन गोल्ड लेखिएको पहेँलो धातुका टुक्रा २० थान, सुनजस्तो पँहेलो धातुको टुक्रा राख्न प्रयोग गर्ने प्लास्टिकको पत्ता १०० थान, बागमती प्रदेश–०२–०४१ प ९८८५ नम्बरको २२० सीसीको पल्सर मोटरसाइकल १ थान, लेमिनेसन मेसिन १ थान, मोबाइल २ थान बरामद भएको प्रहरीले जनाएको छ ।
बसुन्धारामा नक्कली नोट तथा सुनको अवैध कारोवार भइरहेको गोप्य सूचनाका आधारमा प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०२ साउन २०८०, १४ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारको विरोध गरेको आरोपमा समाजिक अभियन्ता पक्राउ
नक्कली प्रमाणपत्रसहित रुपन्देहीबाट एक भारतीय नागरिक पक्राउ
गुन्डा नाइके राजु गोर्खाली पक्राउ
६ करोड बराबरको क्रिप्टो कारोबार गरेको आरोपमा ४ जना पक्राउ
नापी कार्यालय खैरहनीका हाकिमलाई मोसो दल्ने एकजना पक्राउ
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ