बालुवाटारमा सीता दाहालको श्रद्धाञ्जली सभा (फोटोफिचर)

सफल खबर संवाददाता

मंगलबार, ०२ साउन २०८०, १३ : ५२
बालुवाटारमा सीता दाहालको श्रद्धाञ्जली सभा (फोटोफिचर)

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहालको श्रद्धाञ्जलीसभा आयोजना गरिएको छ ।

सीताको निधनको सातौं दिन पारेर प्रधानमन्त्री निवास बालुवाटारमा श्रद्धाञ्जली सभा गरिएको हो । कार्यक्रममा सीताको योगदान र जीवनी समेटिएको भिडिओ सामग्री प्रस्तुत गरिएको थियो ।

श्रद्धाञ्जली सभामा राजनीतिक दलका शीर्ष नेता, सरकारी उच्च पदस्थका व्यक्ति र पार्टी नेता कार्यकर्ता उपस्थित छन् । दाहालको ६९ वर्षको उमेरमा बुधवार काठमाडौंस्थित नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएको थियो ।

प्रचण्ड परिवारले सीताको काजक्रिया नगरी आज सातौं दिनमा शोकसभा राखेको हो ।

प्रतिक्रिया दिनुहोस