चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले गत आर्थिक वर्षमा चार सय ७५ जना फरार प्रतिवादी पक्राउ गरेको छ ।अदालतमा दोषी ठहर भई कैद वा जरिवाना वा दुवै सजाय तोकेर सजाय भुक्तान नगरेका फरार प्रतिवादी पक्राउ परेका हुन् । फैसला कार्यान्वयनका क्रममा उनीहरुलाई पक्राउ गरी जिल्ला अदालत बुझाइएको हो ।
उनीहरुबाट ८० वर्ष १० महिना सात दिन कैद र एक करोड ३० लाख ६७ हजार जरिवाना असुल गरिएको कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए । उनका अनुसार फरार प्रतिवादी खोजीका लागि विशेष टोली परिचालन गरिएको थियो ।
अदालतले लगत कट्टा नगरेका कारण कतिपय व्यक्ति पुनः पक्राउ पर्ने गरेको प्रमुख प्रहरी उपरीक्षक कार्कीले बताए । अदालतले सजाय भुक्तान गर्न बाँकी रहेका भनी दिइएका व्यक्तिहरुले सजाय भुक्तान गरेको प्रमाण दिने गरेको उनको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०२ साउन २०८०, १२ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
श्रीमतीको हत्यापछि भागेका व्यक्ति पक्राउ
डकैतीमा संलग्न रहेको आरोपमा चारजना पक्राउ
युवकको हत्या अभियोगमा दुई जना पक्राउ
स्रोत नखुलेको १४ लाख नगदसहित युवक पक्राउ
लागूपदार्थसहित विभिन्न स्थानबाट सोह्र जना पक्राउ
नवलपरासीमा माओवादी उम्मेदवारमाथि कुटपिट गर्ने रास्वपा कार्यकर्ता पक्राउ