काठमाडौँ।नुवाकोट र धादिङको सीमामा पर्ने बञ्चरेडाँडा ल्यान्डफिल साइटका स्थानीय बासिन्दाले आज पनि काठमाडौँको फोहोर विसर्जनमा अवरोध गरेका छन् ।नुवाकोटको ककनी गाउँपालिका–२ र धादिङको धुनीबेँसी नगरपालिका–१ का स्थानीयवासी बिहानैदेखि सडकमा निस्किएको जनाइएको छ ।
स्थानीयवासी यसअघि सरकार र काठमाडौँ महानगरपालिकासँग भएका सम्झौता कार्यान्वयन नभएको भन्दै हिजोदेखि आन्दोलनमा उत्रिएका हुन् ।उनीहरूले हिजो काठमाडौँबाट फोहोर लिएर गएका टिपरलाई अवरोध गरेपछि टिपर फोहोर विसर्जन नगरी फर्किएका थिए ।
आज काठमाडौँबाट फोहोर बोकेका गाडी नगएको भए पनि स्थानीय सडकमा निस्किएका छन् । हिजो फोहोर लिएर गएका केही टिपर सडक छेउमा पार्किङ गरेर राखिएका छन् ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०२ साउन २०८०, १२ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनविरुद्धको सुरुवातमै काठमाडौंले गुमायो दुई विकेट
एनपीएल उद्घाटन खेलमा जनकपुरविरुद्ध टस जितेर फिल्डिङमा उत्रियो काठमाडौँ
काठमाडौँ-ग्वाञ्जाओ सिधा उडान बिहीबारदेखि
एनपीएलका लागि काठमाडौंले रिटेन गर्यो ६ खेलाडी
काठमाडौंका नगरप्रहरी प्रमुख राजु पाण्डे ६ महिनाका लागि निलम्बित
कश्मीरमा भएको आतंकारी हमलाको विरोधमा काठमाडौंमा प्रदर्शन