काठमाडौँ।नुवाकोट र धादिङको सीमामा पर्ने बञ्चरेडाँडा ल्यान्डफिल साइटका स्थानीय बासिन्दाले आज पनि काठमाडौँको फोहोर विसर्जनमा अवरोध गरेका छन् ।नुवाकोटको ककनी गाउँपालिका–२ र धादिङको धुनीबेँसी नगरपालिका–१ का स्थानीयवासी बिहानैदेखि सडकमा निस्किएको जनाइएको छ ।
स्थानीयवासी यसअघि सरकार र काठमाडौँ महानगरपालिकासँग भएका सम्झौता कार्यान्वयन नभएको भन्दै हिजोदेखि आन्दोलनमा उत्रिएका हुन् ।उनीहरूले हिजो काठमाडौँबाट फोहोर लिएर गएका टिपरलाई अवरोध गरेपछि टिपर फोहोर विसर्जन नगरी फर्किएका थिए ।
आज काठमाडौँबाट फोहोर बोकेका गाडी नगएको भए पनि स्थानीय सडकमा निस्किएका छन् । हिजो फोहोर लिएर गएका केही टिपर सडक छेउमा पार्किङ गरेर राखिएका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०२ साउन २०८०, १२ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौं महानगर : छात्रवृत्ति छनोट परीक्षामा १४ हजार ५७ विद्यार्थी उत्तीर्ण
थापाथलीमा डोजरको त्रासमा निसास्सिएका सपनाहरूः घर भत्किँदा टुटेको मान्छेको सहारा (फोटो फिचर)
बैजनी रङमा रंगिएको काठमाडौंः सडकमा पोखिएको वसन्तको मधुर सपना’ (फोटो फिचर)
काठमाडौँ महानगरले ‘दुई पाङ्ग्रे एम्बुलेन्स’ चलाउने
आज र भोलि काठमाडौँ-दुबई उडान हुँदै
धरहराको सञ्चालन तथा व्यवस्थापन काठमाडौं महानगरपालिकाले गर्ने