कुशल भुर्तेल दोस्रो बलमै एलबीडब्लू आउट

सफल खबर संवाददाता

सोमबार, ०१ साउन २०८०, १४ : ३५
कुशल भुर्तेल दोस्रो बलमै एलबीडब्लू आउट

काठमाडौं । एसीसी इमर्जिङ टिम्स एसिया कपमा भारत ए विरुद्धको खेलमा कुशल भुर्तेल दोस्रो बलमै आउट भएका छन् । श्रीलंकाको कोलोम्बोस्थित आर प्रेमदासा स्टेडियममा सुरु भएको खेलमा हर्सित रानाको बलमा उनी एलबीडब्लू आउट भएका हुन् । उनले खाता नै खोल्न सकेनन् ।

नेपालले आफ्नो दोस्रो खेल आज भारत 'ए' सँग खेल्दैछ । नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको थियो । टेस्ट राष्ट्र भारतले प्रतियोगितामा आफ्नो ‘ए’ टोली सहभागी गराएको छ ।

यसअघि गत शुक्रबार खेलिएको आफ्नो पहिलो खेलमा नेपाली टोली अर्को टेस्ट राष्ट्र पाकिस्तानको ‘ए’ टोलसँग चार विकेटले पराजित भएको थियो । उक्त खेलमा नेपालको ब्याटिङ अत्यन्तै निराशाजनक रहेको थियो । नेपालले फिल्डिङमा पनि सुधार गर्नु पर्ने देखिन्छ । भारतले भने आफ्नो पहिलो खेलमा संयुक्त अरब इमिटरेट्स ९यूएई० को ‘ए’ टोलीलाई हराएको थियो ।

इमर्जिङ टिम्स एसिया कप श्रीलङ्कामा सञ्चालन भइरहेको छ । जुलाई २३ तारिखसम्म चल्ने उक्त प्रतियोगितामा नेपाल समूह ‘बी’ मा परेको छ । नेपालको समूहमा भारतको ‘ए’ टोली, पाकिस्तानको ‘ए’ टोली र यूएईको ‘ए’ टोली रहेका छन् ।

यस प्रतियोगितामा ६ टोली सहभागीता रहेको छ । सहभागी टोलीहरूलाई दुई समूहमा विभाजन गरिएको छ । हरेक समूहका शिर्ष दुई टोली सेमिफाइनलका लागि छानिने छन् । सेमिफाइनल खेल २१ जुलाईमा हुनेछ ।

सेमिफाइनलका दुई विजेता उपाधीका लागि भिड्ने छन् ।
 

प्रतिक्रिया दिनुहोस