काठमाडाैं । झापा र दाङबाट बलात्कार आराेपमा दुईजना पक्राउ परेका छन् । १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा झापा अर्जुनधारा नगरपालिका-१ बस्ने ५९ वर्षीय नरेश रसाईलीलाई प्रहरीले पक्राउ गरेको छ ।
रसाईलीले ती बालिकालाई बुवाआमा धान रोप्न खेतमा गएको अवस्थामा फकाई आफ्नै घरको कोठाभित्र लगि ललाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
१८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा दाङ घोराही उपमहानगरपालिका-८ सौडी बस्ने २६ वर्षीय अनिल नेपालीलाई प्रहरीले पक्राउ गरेको छ । नेपालीले ती बालिकालाई गत बिहीबार राति रोल्पाबाट ललाई फकाई ल्याई आफ्नै घरमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०१ साउन २०८०, १४ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारको विरोध गरेको आरोपमा समाजिक अभियन्ता पक्राउ
नक्कली प्रमाणपत्रसहित रुपन्देहीबाट एक भारतीय नागरिक पक्राउ
गुन्डा नाइके राजु गोर्खाली पक्राउ
६ करोड बराबरको क्रिप्टो कारोबार गरेको आरोपमा ४ जना पक्राउ
नापी कार्यालय खैरहनीका हाकिमलाई मोसो दल्ने एकजना पक्राउ
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ