अग्नि जलनबाट बच्न जनचेतनाको खाँचो

सफल खबर संवाददाता

मंगलबार, २२ साउन २०७५, १९ : ४६
अग्नि जलनबाट बच्न जनचेतनाको  खाँचो

काठमाडौं । नेपालमा आगोले जलेर घाइते हुने र मर्नेको संख्या दिन प्रतिदिन बढ्दै गएकाले त्यसलाई कम गर्न जनचेतनाको खाँचो रहेको सरोकारवालाले बताएका छन् ।

नेपाल अग्नि जलन समाज नेपालले मंगलबार काठमाडौंमा आयोजना गरेको अग्नी जलन सुरक्षा विषयक अन्तक्र्रियामा उनीहरुले जलेर घाइते हुँदा समयमा नै प्राथमिक उपचार नपाउनाले क्षति बढ्दै जाने जोखिम रहेको भन्दै त्यसलाई कम गर्न जनचेतनाको खा“चो रहेको बताएका हुन् ।

नेपालमा प्रत्येक वर्ष ५० हजार मानिस आगोले जल्ने समस्यामा परेको र त्यसमध्ये पा“च प्रतिशत अपाङ्ग र चार प्रतिशत मर्ने गरेको जानकारी दिइयो । त्यस्तै बालबालिकमा हुने जलनमध्ये ७० प्रतिशतको मत्यु वा शारिरीक अशक्तको शिकार हुने गरेको समाजले जनाएको छ ।

कार्यक्रममा समाजका महासचिव बरिष्ठ बालसर्जन रामनन्दनप्रसाद चौधरीले अग्नी जलनका कारण हुनसक्ने दुर्घटनालाई कम गर्न समाजले बिद्यार्थी केन्द्रित जनचेतनामुलक कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।
अग्नि जलनबाट बच्नका लागि आवश्यक तालिम र चेतनामूलक सामग्री प्रसारण गरी सचेत गराउन निरन्तर अभियानमुलक कार्यक्रम पनि गर्ने समाजले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस