विप्लवद्धारा सीता दाहालप्रति श्रद्धाञ्जली अर्पण

सफल खबर संवाददाता

शनिबार, ३० असार २०८०, १२ : ०७
विप्लवद्धारा सीता दाहालप्रति श्रद्धाञ्जली अर्पण

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिवले पत्नी शोकमा रहेका प्रधानमन्त्री प्रचण्डलाई भेटेका छन् । आज बिहान बालुवाटर पुगेर नेकपाका महासचिव विप्लवसहित नेता प्रकाण्डलगायत नेताहरूले प्रधानमन्त्री प्रचण्ड र उनको परिवारलाई समवेदन प्रकट गरेका हुन् ।

भेटका क्रममा विप्लवसहितका नेताहरूले मृतक सीता दाहालप्रति श्रद्धाञ्जली अर्पण गर्दै प्रचण्डसहित छोरी रेणु र गंगालाई  समवेदना व्यक्त गरेका थिए । प्रधानमन्त्री पत्नी सीता दाहालको २७ गते निधन भएको थियो ।