उपचारको क्रममा बालकको मृत्यु भएपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान तनावग्रस्त

सफल खबर संवाददाता

शुक्रबार, २९ असार २०८०, १६ : ४९
उपचारको क्रममा बालकको मृत्यु भएपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान तनावग्रस्त

बुटवल।उपचारको क्रममा बालकको मृत्यु भएपछि  दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई दिनदेखि तनावग्रस्त छ ।बुधवार बेलुका प्रतिष्ठानमा उपचारका लागि गएका घोराही उपमहानगरपालिका–३ का ११ वर्षीय आक्रोश नेपालीको मृत्यु भएपछि अस्पताल तनावग्रस्त बनेको छ ।

मृतकका आफन्तले अस्पतालको लापरवाहीले बालकको मृत्यु अस्पताल घेराउ गर्दै नाराबाजी गरेका छन् ।बालकको मृत्यु भएपछि अस्पतालको आकस्मिक कक्ष बन्द भएको छ । डिस्चार्ज भएर घर फर्किन लागेका बिरामी भित्र बस्न बाध्य भएका छन् ।अस्पताल भित्रको फार्मेसी बन्द छ । मृतकका आफन्तले नाराबाजी गर्दै अस्पताल घेराउ गरेका जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता राजनकुमार गौतमले बताए । 

छारे रोग लागेका बालकलाई उपचारका लागि प्रतिष्ठानमा अर्धचेत अवस्थामा ल्याइएको अस्पतालले जनाएको छ । थप चेक जाँचका लागि उनलाई बिहीवार एमआरआई कक्षमा लगिएको थियो ।सो क्रममा एमएआरआई कक्षको ढोका खुल्दा अक्सिजन मेसिनमा ठोक्किन पुगेको प्रहरीको भनाइ छ ।

 

त्यसपछि सिकिस्त भएका बालकलाई आईसीयू र भेन्टिलेटरमा राखिएको थियो । भेन्टिलेटरमा बालकको मृत्यु भएपछि चिकित्सकले बुधवार दिउँसो मृत घोषणा गरेका थिए ।आफन्तले भने एमआरआई कक्षमा धातुजन्य वस्तु लैजान नमिल्ने भए पनि अक्सिजनको सिलिण्डर एमआरआई कक्षमा लैजानु डाक्टरको लापरबाही भएको बताएका छन ।

प्रतिष्ठानका रजिष्टार प्रकाश थापाले नेपालीको स्वास्थ्य समस्या बढेर मृत्यु भएको बताए ।

प्रतिक्रिया दिनुहोस