काठमाडौं । कांग्रेस महामन्त्री तथा प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माले पशुचौपायमा महामारीको रुप लिएको लम्की स्किन रोग नियन्त्रणका लागि पाँचवटा सुझाव दिएका छन् । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले पाँच बुँदे सुझाव दिएका हुन् ।
पशु स्वास्थ्य आपत्तकाल महसुस गरेर सम्बन्धित् सम्पूर्ण निकायलाई यसविरुद्ध सम्पूर्ण रुपमा केन्द्रित गर्न, आवश्यक बजेट अविलम्ब प्रवन्ध गर्न, पर्याप्त खोप आयात गर्न, गाउँगाउँमा पशु चिकित्सक र प्राविधिक परिचालन गर्न र चौपाय मृत्युले नोक्सानी व्यहोरेका किसानलाई राहतको योजना ल्याउन उनले पाँच बुँदामा सरकारको ध्यानाकर्षण गराए ।
साथै मिटरब्याजपीडितलाई न्याय दिनका लागि तत्काल विधेयक सदनमा ल्याउन सरकारसँग शर्माको माग छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २९ असार २०८०, १५ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओलीसँग छलफल गर्न विश्वप्रकाश शर्मा पुगे गुण्डु
संवैधानिक व्याख्या र बहुमतबारे सर्वोच्चको निर्णय सबैले मान्नुपर्छ’: विश्वप्रकाश शर्मा
पराजयको सम्पूर्ण दोष बोक्न तयार छु: विश्वप्रकाश शर्मा
मतदाताको फैसला स्वीकार्य छ : विश्वप्रकाश शर्मा
मतदान पछि विश्वप्रकाश शर्माले भने- भयरहित वातावरणमा मतदान गरौँ
शेरबहादुर देउवालाई विनम्रतापूर्वक आग्रह गरेर नेतृत्व छाड्न लगाएका हौँ : विश्वप्रकाश शर्मा