काठमाडाैं । बर्दिया र उदयपुरमा बलात्कार आराेपमा दुईजना पक्राउ परेका छन् । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बर्दियाकाे राजापुर नगरपालिका-४ भिमापुर घर भई गेरुवा गाउँपालिका-५ लक्ष्मीपुरस्थित छोरीको घरमा बस्दै आएका ६६ वर्षीय रामफल थारूलाई प्रहरीले पक्राउ गरेको छ ।
थारूले ती बालिकालाई गत सोमबार साँझ जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय पाताभारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । ५५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा उदयपुरकाे चौदण्डीगढी नगरपालिका-६ सिरुवानी बस्ने ५२ वर्षीय दिपराज बास्तोलालाई हरीले पक्राउ गरेको छ ।
बास्तोलाले ती महिलालाई असार १३ गते सोही नगरपालिका-६ सिरुवानीस्थित जंगलमा च्याउ टिप्न गएको अवस्थामा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २८ असार २०८०, १४ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लागूऔषधसहित विभिन्न स्थानबाट ४१ जना पक्राउ
लागुऔषधसहित पाँच जना पक्राउ
सुकुमबासी मोर्चाका महासचिवसहित ३ जना पक्राउ
पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ
चितवनमा ९५.१६५ केजी गाँजासहित एक जना पक्राउ
कास्की प्रहरीको स्वीप अपरेसन: एकै रातमा १२२ जना पक्राउ