काठमाडौ । पहाडी जिल्ला लमजुङ र हिमाली जिल्ला मनाङ जोड्ने बेंसीसहर–चामे सडक अवरुद्ध भएको छ ।
तिमाङ पावर हाउस खोलाको काठे पुल र स्यार्कु खोलाको काठे पुल भाँचिएकाले सडक अवरुद्ध बनेको हो ।
बेंसीसहर–चामे सडक योजना कार्यालयका इन्जिनीयर सुमन अधिकारीका अनुसार बेंसीसहर चामे सडकखण्डअन्तर्गत मनाङको चामे गाउँपालिका–१ तिमाङ पावर हाउस खोलाको काठे पुल र वडा नम्बर २ स्थित स्यार्कु खोलाको काठे पुल आज बिहीवारदेखि निर्माण गरिँदैछ ।
सो स्थानमा वैकल्पिक सडक मार्ग नभएकाले यातायात सेवा २ दिनसम्म अवरुद्ध हुने उनले बताए ।
अधिकारीका अनुसार उक्त स्थानमा २ वर्षअघि काठे पुल निर्माण गरिएको हो । पुल जीर्ण भएपछि पुराना काठ हटाएर अहिले नयाँ राख्न थालिएको हो । पुल निर्माणका लागि मंगलवारबाटै रुख काट्ने, पुलका लागि फलेक बनाउने लगायत काम भइरहेको इन्जिनीयर अधिकारीले बताए ।
मनाङलाई सडक सञ्जालसित जोड्ने सरकारको योजनाअनुरूप २०५१ देखि सडक डिभिजन कार्यालय दमौली तनहुँले बेंसीसहर चामे सडक निर्माणअघि बढाएको थियो । नेपाली सेना २०५७ सालदेखि सडक निर्माणमा सहभागी भएको हो ।
विक्रम संवत् २०६९ सालमा सडक निर्माण सम्पन्न गर्दै सडक डिभिजन कार्यालय दमौलीलाई हस्तान्तरण गरिएको हो । तत्कालीन कार्य गणका इन्जिनीयर भरत श्रेष्ठ र इन्द्रिबर गुरुङको नेतृत्वमा सडक निर्माण सम्पन्न भएको हो । सडकखण्डको ६५ किलोमिटरमध्ये लमजुङतर्फ ३५ र मनाङतर्फ ३० किलोमिटर रहेको छ । सडक जीर्ण तथा बन्द हुँदा मनाङवासी बढी प्रभावित हुने गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २८ असार २०८०, ०७ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नागढुंगा–मलेखु सडक शुक्रबार र शनिबार खुला
नारायणगढ–बुटवल सडक : पूर्वी खण्डमा ३३ वटा पुल निर्माण
कञ्चनपुरको मोहना नदी-दैजी सडकको ठेक्का तोडियो
मोरङको रतुवा—केशलिया सडक निर्माणको ठेक्का तोडियो
नागढुङ्गा–नौबिसे सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने
इनरुवा-कप्ताङगञ्ज सडक निर्माणको ठेक्का तोडियो