काठमाडौँ । नेकपा (एमाले)ले सचिवालय बैठक बोलाएको छ । एमालेले पछिल्लो राजनीतिक विकासक्रमको समीक्षा गर्न सचिवालय बैठक बोलाएको हो ।
बैठक यही असार ३० गते ललितपुर, च्यासलस्थित पार्टी मुख्यालयमा बोलाएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
उनका अनुसार बैठकमा अहिले भइरहेको राजनीतिक विकासक्रमको समीक्षा, कार्यविभाजनअनुसार कामको मूल्यांकन, पार्टी स्कुल विभाग, पार्टी प्रचार र जनसंगठनको कामको अवस्था र अब पार्टीलाई कसरी लैजाने भन्ने विषयमा छलफल हुनेछ ।
यसैगरी पार्टी अध्यक्ष केपी शर्मा ओलीले बुधबार पार्टीका उपाध्यक्षसँग पार्टी गतिविधिबारे छलफल गरेका छन् । अध्यक्ष ओलीले उपाध्यक्षहरुसँग पार्टीको गतिविधि र आगामी बस्ने सचिवालय बैठकको तयारीबारे छलफल गरेको प्रचार विभाग प्रमुख गौतमले जानकारी दिए ।
छलफलमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरु अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली, सुभासचन्द्र नेम्वाङ र विष्णुप्रसाद पौडेल सहभागी थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २७ असार २०८०, २१ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले महाधिवेशन : १५ जिल्लामा प्रतिनिधि छनौटमा धाँधली भएको पोखरेल पक्षको आरोप
केन्द्रीय कमिटीमा १० प्रतिशत युवा सुनिश्चित गर्ने एमालेको तयारी
ओलीको सहजताका लागि एमालेले फेरि विधान संशोधन गर्ने
उज्यालो नेपालको योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेस्रोले : एमाले महासचिव पोखरेल
आज प्रतिनिधि सभा विघटनविरुद्ध एमालेले दायर गरेको रिटमा सुनुवाइ हुँदै
एमाले नेता कर्ण थापालाई पार्टी कार्यालयमै दुर्व्यवहार