दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले कार्य योजनामार्फत विकासका काम गनुपर्ने बताएका छन् । प्रदेश सरकार अन्तगत दाङ जिल्लामा रहेका कार्यालय प्रमुखलाई कार्ययोजना बनाएर कार्य सम्पादन गर्ने निर्देशनसमेत दिएका छन् ।
दाङ जिल्लाका कार्यालय प्रमुखलाई निर्देशन दिँदै मुख्यमन्त्री चौधरीले जनताले प्रत्यक्षरुपमा अनुभूतिगर्ने गरि विकास निर्माणका काम गर्न र ती काम कार्यालयले कार्ययोजना बनाएर मात्र सञ्चालन गर्न आग्रह गरे । ''विकास र समृद्धिका लार्गि एक्सन प्लान’ बनाएर काम गरौं,' मुख्यमन्त्री चौधरीले भने, 'जसले परिणाम राम्रो र उत्कृष्ट दिन सकोस् ।'
उनले काम गर्दा अलमल गर्ने, ढिला सुस्ती गर्ने काम बन्द गर्न र जनताको आबश्यता अनुसार त्यो पनि उत्पादन मुलक काममा ध्यान दिन निर्देशन गरे ।
बुधबार दाङको घोराहीमा भएको कार्यक्रममा मुख्यमन्त्री चौधरीले कार्यालयको कार्य सम्पादन प्रभावकारी बनाउन आग्रह समेत गरे । जनताको नजिकको सरकार जिल्लागत कार्यालयह भएको भन्दै त्यो अनुसारको सेवा प्रवाह र कार्यसम्पादन हुनु पर्ने उनले बताए ।
मुख्यमन्त्री चौधरीले कार्यालयमा क्षेत्रगत कामको विभाजन गरि कार्यसम्पादन गर्न र आबश्यक जनशक्तिलाई समेत त्यहि अनुसार व्यवस्थापन गर्न निर्देशन दिए । उनले हरेक योजना उत्पादन र रोजगारसंग जोड्नु पर्ने बताए ।
कार्यालय प्रमुखहरूले आर्थिक वर्ष २०७९/२०८०को प्रगति प्रतिवेदन र आर्थिक वर्ष २०८०/०८१ योजानाको विषयमा जानकारी गराएका थिए । उनीहरुले साना योजनाहर धेरै भएको हुदा कार्यान्वयनमा समेत समस्या रहेको र कार्यान्वयनका लागि प्राविधिक जनशक्ति सकेत कम रहेको बताएका थिए ।
उनीहरूले चालु आर्थिक वर्षमा सन्तोष जनक प्रगति रहेको जानकारी गराएका थिए । जिल्लामा पूर्वाधारका कामहरुको प्रगति ८० प्रतिसत माथि रहेको जानकराी गराइएको थियो । खानेपानीका केही पुराना योजना आर्थिक अभावका कारण पुरा हुन नसकेको जानकारी गराइएको थियो । भने कृषि र भेटेनरी कार्यालयका योजनाहरू रोगगारसंग जोडन सकिने बताइएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २७ असार २०८०, २० : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मधेशको मुख्यमन्त्रीमा काँग्रेस संसदीय दलका नेता यादव नियुक्त
मधेशका मुख्यमन्त्रीले गरे राजीनामा घोषणा
मधेस प्रदेशसभा बैठक बस्दै, मुख्यमन्त्री यादवले विश्वासको मत लिने
सर्वोच्चले दिएको परमादेशको पत्र अहिलेसम्म प्राप्त भएको छैन–मुख्यमन्त्री यादव
मधेश प्रदेशका मुख्यमन्त्री नियुक्तिविरुद्धको रिटमा आज सुनुवाइ
मधेस प्रदेशका मुख्यमन्त्री यादवविरुद्धको रिटमाथि आज सुनुवाइ