काठमाडौ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको निधनप्रति दुःख व्यक्त गरेका छन् ।
नेता खनालले बुधवार एक विज्ञप्ति जारी गर्दै स्व. दाहालप्रति श्रद्धाञ्जली व्यक्त गरे ।
उनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहालकी जीवन संगिनी सीता दाहालले ३० को दशकदेखि कम्युनिष्ट आन्दोलन, लोकतान्त्रिक आन्दोलन र समाजवादी आन्दोलनलाई अगाडि बढाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ । उहाँको निधनको खबरले स्तब्ध तुल्याएको छ ।’
मुलुकको राजनीतिक विकासक्रममा दिवंगत दाहालले पुर्याएको योगदानको इतिहासमा अविस्मरणीय रहने जनाउँदै नेता खनालले दाहालप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् ।
विज्ञप्तिमा पत्नी वियोगमा रहेका प्रधानमन्त्री दाहाललगायत शोकाकुल परिवारमा गहिरो समवेदना प्रकट गरिएको छ । नर्भिक अस्पतालमा बुधवार बिहान ८ः३३ बजे ६९ वर्षको उमेरमा दाहालको निधन भएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २७ असार २०८०, १९ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रचण्डलाई भेट्न किन हात्तीवन पुगे झलनाथ खनाल ?
नेपाली कम्युनिस्ट पार्टीमा झलनाथ खनाललाई तेस्रो वरियता
पार्टी एकता सभामा सामेल भए झलनाथ खनाल
झलनाथ खनालले आज प्रचण्डलाई भेट्दै
एमालेमा फर्कन आपत्ति छैन: झलनाथ खनाल
झलनाथ खनालले केन्द्रीय समिति बैठकमै मागे माधव नेपालको राजीनामा