ललितपुर । शरीर बन्धक लिन नहुने कसुरमा महाङ्काल गाउँपालिका-३ बस्ने २० वर्षीय सुमन न्यासुरलाई प्रहरीले पक्राउ गरेको छ ।
असार २२ गते बेलुकीदेखि १६ वर्षीय किशोरी हराएको भन्ने निवेदन असार २४ गते प्राप्त भएको तथा ती किशोरीलाई सुमनले सोही गाउँपालिका-६ स्थित बुद्ध थोकरको घरमा थुनेर राखेको भन्ने उजुरी असार २६ गते प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय टुंगुनबाट खटिएको प्रहरीले अनुसन्धानको क्रममा सुमनलाई पक्राउ गरेको हो ।
उनलाई शरीर बन्धक लिन नहुने मुद्दामा ५ दिन म्याद थप गरी प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ । साथै पीडित किशोरीलाई आफन्तको जिम्मा लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २७ असार २०८०, १६ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गैरकानुनी रूपमा चिकित्सा अभ्यासमा संलग्न व्यक्ति पक्राउ
लागु औषध मुद्दाका दुई फरार प्रतिवादी पक्राउ
वडाध्यक्षलाई हातपात गरेको आरोपमा पत्रकार कुँवर पक्राउ
वडाध्यक्षलाई हातपात गरेको आरोपमा पत्रकार कुँवर पक्राउ
विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ
लागु औषधसहित सासू र बुहारी पक्राउ