काठमाडौँ । जनमत पार्टीले कुनै दुई पक्षबीच भएको आर्थिक लेनदेन र कारोबारमा कुनै पक्ष पार्टी सदस्य भएकै कारण त्यसको जिम्मेवारी नलिने प्रस्ट पारेको छ । पार्टीका कोषाध्यक्ष सुरेन्द्रनारायण यादवले बुधवार एक विज्ञप्ति जारी गरी सो कुराको जानकारी दिएका हुन् ।
उनले विज्ञप्तिमा भनेका छन्, ‘कुनै दुई पक्षबीच भएको आर्थिक लेनदेन, कारोबार, व्यवसायसहितका कामकाजमा कुनै पक्ष जनमत पार्टीको सदस्य भएकै कारण त्यो कुराको लागि पार्टी जिम्मेवार नहुने र निज पक्षहरू आफै पूर्ण जिम्मेवार हुने जानकारी गराउँदछौ ।’
कुनै पक्षले कानुनी बाटो अवलम्बन गर्न चाहेमा त्यसप्रति पार्टीको कुनै आपत्ति नहुने जानकारी गराउँदै कोषाध्यक्ष यादवले यी कुराहरू सम्बन्धित पक्षको निजी मामला भएको र ती कुराहरूको लागि पार्टीको सहमति वा पार्टी साक्षी नहुने समेत स्पष्ट पारेका छन् ।
उनले अनावश्यक रूपमा यस्ता घटनामा पार्टीको नाम नमुछ्न समेत आग्रह गरेका छन् ।जिल्ला तथा स्थानीय तहमा हुने विकास निर्माणका कामहरूमा आर्थिक लेनदेनको विवाद पार्टी कार्यालयसम्म आएपछि उनले विज्ञप्तिमार्फत सो कुराको जानकारी दिएका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २७ असार २०८०, १३ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जनमतले बोलायो सचिवालय बैठक
मधेशमा दुई मन्त्री फेर्दै जनमत
नागरिक उन्मुक्ति र जनमत पार्टीबिच एकता घोषणा कार्यक्रम स्थगित
आज साँझ जनमत पार्टीको बैठक बस्दै
जनमत र नाउपाबीच १७ गते एकीकरण घोषणा हुने
शिक्षकको माग सम्बोधन गर्न जनमत पार्टीको माग