काठमाडौं। अमेरिकन डलर भनेर कागजको बिटो दिएर ठगी गर्न खोज्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–६ घर भइ काठमाडौं स्वयम्भू बस्ने ६५ वर्षीय पाल्साङ तामाङ छन् ।
तामाङलाई जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले नख्खु खोलाबाट पक्राउ गरेको हो। उनीमाथि ३ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको परिसर ललितपुरका एसएसपी सिद्धिविक्रम शाहले जानकारी दिए।
तामाङले बाराको निजगढ नगरपालिका–३ घर भइ भक्तपुर थिमी बस्ने हरिचन्द्र बम्जनलाई आफूसँग ५६ हजार ३५० अमेरिकन डलर रहेको भन्दै सटही गर्नुपर्यो र त्यसबापत केही रकम पाउने भन्दै तारन्तार फोन गरेका थिए। त्यसपछि बम्जनले प्रहरीलाई खबर गराएका थिए।
बाहिर अमेरिकन डलर राखेरभित्र कागजको खोस्टाको बिटो बनाइएको अवस्थामा जाली नोट प्रहरीले बरामद गरेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २६ असार २०८०, १९ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गुन्डा नाइके राजु गोर्खाली पक्राउ
६ करोड बराबरको क्रिप्टो कारोबार गरेको आरोपमा ४ जना पक्राउ
नापी कार्यालय खैरहनीका हाकिमलाई मोसो दल्ने एकजना पक्राउ
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ
जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ
पशुपति आर्यघाटमा शवबाट मासु र हड्डी निकालेको आरोपमा एक जना पक्राउ