काठमाडौँ । रास्वपाका सभापति रवि लामिछानेले संसदलाई तीन दलले बन्धक बनाउन मिल्छ भनेर प्रश्न गरेका छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै लामिछानेले संसदले धेरै काम गर्नुपर्ने अवस्थामा तीन दलको मुड नचल्दैमा सदन अवरुद्ध हुन नहुने बताए । ‘पार्टीका मुद्दामा संसद रोकिने कुरामा रास्वपा स्वीकार्दैैन’, लामिछानेको भनाइ छ ।
उनले प्रधानमन्त्रीको अभिव्यक्तिबारे अझ स्पष्ट पार्नुपर्ने भन्दै राष्ट्रिय स्वाधिनताको मुद्दामा अप्ठेरो हुने खालका अभिव्यक्ति नदिन सचेत हुन पनि प्रधानमन्त्रीलाई आग्रह गरे । उनले संसलाई नेताहरुको जुँगाको लडाई नबनाउन भन्दै उनले मिटरव्याज पीडितका लागि भनेर ल्याएको अध्यादेश अन्तिम दिनमा किन ल्याइयो ? भन्दै प्रश्न गरे । ‘रास्वपा खडा भएको छ । उभिएको छ । बरु अरु कुनै
दलका नेता जोगाउन पो लागिरहेको छ कि ?’ लामिछानेको प्रश्न छ । उनले मिटरव्याजसम्बन्धि अध्यादेश ब्युँत्याउन आग्रह गर्दै रास्वपा त्यसमा तयार रहेको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २५ असार २०८०, १६ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘अब बालेनले देश बनाउँछ’: रवि लामिछाने
रविविरुद्धको आरोप पत्र संशोधन स्वीकृति दिने निर्णयविरुद्ध सर्वोच्चमा रिट
रवि लामिछानेमाथिको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा फिर्ता
रवि लामिछाने र राजेन्द्र लिङ्देनबिच भेटवार्ता
त्याग गर्नेहरूको सूचीमा मेरो नाम पहिलो नम्बरमा दर्ज गराइसकेको छु : रवि लामिछाने
तारिख बुझ्न जिल्ला अदालत कास्की पुगे रवि लामिछाने