काठमाडौँ । रास्वपाका सभापति रवि लामिछानेले संसदलाई तीन दलले बन्धक बनाउन मिल्छ भनेर प्रश्न गरेका छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै लामिछानेले संसदले धेरै काम गर्नुपर्ने अवस्थामा तीन दलको मुड नचल्दैमा सदन अवरुद्ध हुन नहुने बताए । ‘पार्टीका मुद्दामा संसद रोकिने कुरामा रास्वपा स्वीकार्दैैन’, लामिछानेको भनाइ छ ।
उनले प्रधानमन्त्रीको अभिव्यक्तिबारे अझ स्पष्ट पार्नुपर्ने भन्दै राष्ट्रिय स्वाधिनताको मुद्दामा अप्ठेरो हुने खालका अभिव्यक्ति नदिन सचेत हुन पनि प्रधानमन्त्रीलाई आग्रह गरे । उनले संसलाई नेताहरुको जुँगाको लडाई नबनाउन भन्दै उनले मिटरव्याज पीडितका लागि भनेर ल्याएको अध्यादेश अन्तिम दिनमा किन ल्याइयो ? भन्दै प्रश्न गरे । ‘रास्वपा खडा भएको छ । उभिएको छ । बरु अरु कुनै
दलका नेता जोगाउन पो लागिरहेको छ कि ?’ लामिछानेको प्रश्न छ । उनले मिटरव्याजसम्बन्धि अध्यादेश ब्युँत्याउन आग्रह गर्दै रास्वपा त्यसमा तयार रहेको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २५ असार २०८०, १६ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पारिवारिक घुमघामका लागि रवि लामिछाने नगरकोटमा, आज त्यहीं बस्ने
कामु प्रधान न्यायाधीश सपना प्रधान मल्लको अभिव्यक्तिप्रति रवि लामिछानेले जनाए असन्तुष्टि
‘निजी क्षेत्रलाई कमजोर बनाउने उद्देश्य छैन’ : रवि लामिछाने
रवि लामिछानेले बोलाए सचिवालय बैठक
प्रधानमन्त्री भेट्न नपाएपछि ट्रम्पका विशेष दूतले भेटे रवि लामिछाने
रवि लामिछानेविरुद्धको अभियोग फिर्ता विवादमा पूर्ण इजलासमा आज सुनुवाइ हुँदै