काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसे केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बाह्रबिसे आसपास केन्द्र भएर आज दिउँसो १२ बजेर ४७ मिनेट जाँदा ३ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको हो ।
यसअघि यही असार ८ गते लमजुङको भलायखर्क आसपास केन्द्रबिन्दु भएर चार रेक्टर स्केलको भूकम्प गएको थियो । पछिल्लोे समय नेपालको पूर्वी तथा पश्चिमी हिमाली तथा पहाडी क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प जानेक्रम जारी छ । नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रका रुपमा लिने गरिन्छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २५ असार २०८०, १४ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारतको असममा ५.१ म्याग्निच्युडको भूकम्प
उदयपुर आसपास केन्द्रबिन्दु भएर भूकम्प
ताप्लेजुङ आसपास केन्द्रविन्दु भएर भूकम्प
मेक्सिकोमा ६.५ म्याग्निच्युडको भूकम्प
जापानमा भूकम्प : कम्तीमा ३० जना घाइते, एक हप्तासम्म ‘हाई-अलर्ट’मा रहन चेतावनी
जापानमा ७.६ म्याग्निच्युडको भूकम्प