झापा । झापाको दमक नगरपालिका-१ स्थितबाट प्रतिबन्धित लागु औषध ब्राउन सुगर सहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।
हिजो बेलुका साढे ९ बजे लागु औषध ब्राउन सुगर बिक्री वितरण भइरहेको छ भन्ने विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले लुकाई छिपाई राखेको अवस्थामा ५ ग्राम ब्राउन सुगर फेला पारेसँगै २० वर्षीय शैलेश कुमार मगर, २३ वर्षीय एनोस राई, दमक २ का २८ वर्षीय मदन बहादुर मगर, २५ वर्षीय हेम श्रेष्ठ र दमक ६ का २० वर्षीय अन्जान मगरलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरूको इलाका प्रहरी कार्यालय दमकबाट थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २५ असार २०८०, ११ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विमानस्थलबाट लागु औषधसहित एक अमेरिकी नागरिक पक्राउ
लागू औषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ
लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गाँजासहित भारतीय नागरिक पक्राउ
स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ
९१ लाख ९० हजार ठगी गरेको अभियोगमा दुई जना पक्राउ