काठमाडौ । एमाले अवरोधका कारण आइतबार स्थगित प्रतिनिधि सभाको बैठक आज (सोमबार) का लागि तय गरिएको छ। संसद् सचिवालयका अनुसार बैठक दिउँसो ३ बजेका लागि बोलाइएको हो।
सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार आजको बैठकमा तीनवटा विधेयक प्रस्तुत गरिनेछन्।
सार्वजनिक कार्यसूचीअनुसार आजको बैठकमा राष्ट्रिय सभामा उत्पत्ति भएको ‘नेपाल विश्वविद्यालय विधेयक, २०८०’ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिनेछ।
यस्तै ‘केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८०’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमा सांसदहरू ज्ञानबहादुर शाही, प्रेम सुवाल, सोबिता गौतम र सुमना श्रेष्ठबाट प्राप्त विरोधको सूचना निर्णयार्थ प्रस्तुत गरिनेछ।
यसैगरी आज प्रतिनिधि सभा बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले ‘केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८०’ पेस गर्नेछन् भने उनैले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० मा दफाबार छलफलका लागि प्रस्ताव प्रस्तुत गर्ने छन्।
यसैगरी आजकै बैठकमा मन्त्री गुरुङले नै ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८०’ मा प्राप्त संशोधनहरू निर्णयार्थ प्रस्तुत गर्नेछन् भने यसपश्चात् उक्त विधेयक पारितको प्रस्ताव पेस गर्ने कार्यक्रम छ।
तर आज पनि एमालेले प्रतिनिधि सभाको बैठक चल्न नदिने सम्भावना छ। किनकि उसले प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने आफ्नो अडान कायमै रहेको जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २५ असार २०८०, ०८ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आर्थिक सर्वेक्षण पेस : यस वर्ष आर्थिक वृद्धिदर ४.६१ प्रतिशत रहने अनुमान
प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ आजको कार्यसूची
आजको प्रतिनिधि सभा बैठकमा अर्थमन्त्रीले जवाफ दिने
विपद् पूर्वतयारीलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण
प्रतिनिधि सभा बैठक बस्दै
प्रि-बजेट छलफलमा सत्तापक्षलाई १२ घण्टा समय, प्रतिपक्षलाई ६ घण्टा