परासी । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका १ मा लागूऔषधसहित एक जना पक्राउ परेका छन्। लुम्बिनी प्रदेश प्रहरी, लागुऔषध नियन्त्रण एकाई र जिल्ला प्रहरी कार्यालय नवलपरासीको संयुक्त टोलीले ४४ वर्षीय मनोजकुमार चमारको घरमा छापा मारेको थियो।
घर नजिकै खाल्टो खनेर पुरेर राखिएको अवस्थामा डाइजापाम १ सय ८६ पिस, फेनरागन १ सय ८८, नुफिन १ सय ८६ र कोरेक्स १० बोतल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी भोजराज पाण्डेले बताए।
पक्राउ परेका चमारलाई थप अनुसन्धानका लागि जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २४ असार २०८०, २१ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विमानस्थलबाट लागु औषधसहित एक अमेरिकी नागरिक पक्राउ
लागू औषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ
लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गाँजासहित भारतीय नागरिक पक्राउ
स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ
९१ लाख ९० हजार ठगी गरेको अभियोगमा दुई जना पक्राउ