काठमाडौँ । नेपाल नर्सिङ काउन्सिलले सञ्चालन गरेको नर्सको लाइसेन्सको प्रश्नपत्र र उत्तर पुस्तिका ‘लिक’ गराएको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ परेको छ । शनिवार काठमाडौँको सिद्धार्थ वनस्थली इन्स्टिच्युटमा परीक्षामा सहभागी ३ जना परीक्षार्थीलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दानबहादुर कार्कीले बताए ।
पक्राउ पर्नेमा पोखरा घर भएकी २० वर्षीया समीक्षा थापा, धादिङ घर भएकी २३ वर्षीया सविना आले मगर र कास्कीको लेखनाथ घर भएकी २० वर्षीया भावना गुरुङ छन् । उनीहरूले परीक्षा केन्द्रबाट प्रश्नपत्र र उत्तर पुस्तिकाको फोटो खिचेर म्यासेन्जर मार्फत लिक गरेको एसएसपी कार्कीले जानकारी दिए ।
परीक्षार्थीहरुले प्रश्नपत्र र उत्तर पुस्तिकाको फोटो खिचेर म्यासेन्जरमार्फत ‘अल ब्राइट इन्स्टिच्युट’ पोखराका गाडी चालक ५० वर्षीय चिज कुमार श्रेष्ठलाई पठाएका थिए । तनहुँ घर भएका श्रेष्ठलाई भने प्रहरीले ‘जिम्मा जमानी’मा रिहा गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २४ असार २०८०, १२ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रहरीमाथि चक्कु प्रहार गर्ने गिरोहका ४ जना पक्राउ
१० लाख बढी हुन्डीको रकमसहित ३ जना पक्राउ
पर्यटकलाई दुःख दिने १२ जना पक्राउ
७५० केजी गाँजासहित दुई जना पक्राउ
लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ
चार किलो ३ सय ग्राम कोकिनसहित तीन जना पक्राउ