विश्वकप छनोटमा आठौं भएको नेपाली टिम स्वदेश फिर्ता

सफल खबर संवाददाता

शुक्रबार, २२ असार २०८०, १३ : ११
विश्वकप छनोटमा आठौं भएको नेपाली टिम स्वदेश फिर्ता

काठमाडौं । जिम्बावेमा भएको आईसीसी विश्वकप क्रिकेटको छनोट खेलेर नेपाली क्रिकेट टिम स्वदेश फिर्ता भएको छ । नेपाली टिम शुक्रबार स्वदेश फर्किएको हो ।

टोलीलाई नेपाल क्रिकेट संघ क्यानका पदाधिकारी तथा क्रिकेट समर्थकले विमानस्थलमा स्वागत गरेका छन् । जिम्बावेमा भएको छनोट खेलमा सुपर सिक्समा पुग्न नसकेको नेपाली टिम सातौं स्थानको लागि भएको खेलमा आयरल्याण्डसँग पराजित भएपछि आठौं स्थामनमै सिमित भएको थियो ।

नेपालले समूह चरणमा खेलेका चार खेलमध्ये तीन खेलमा पराजित भएको थियो भने अमेरिकाविरुद्ध सान्तवना जित दर्ता गराएको थियो । 

प्रतिक्रिया दिनुहोस