महोत्तरी । जलेश्वर नगरपालिका-३ स्थित जलेश्वर भिठ्ठामोड सडकबाट स्रोत नखुलेको नगद १० लाख ३० हजार रूपैयाँसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत बिहार प्रान्त सितामढी थाना सुरखण्ड ग्राम सिखण्डी-५ बस्ने २० वर्षीय चन्दन कुमार साफी रहेका छन् ।
प्रहरी चौकी भिट्टामोडबाट खटिएको प्रहरीले बिआर ३० डब्लु ५३१२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक चन्दनको साथबाट उक्त नगद फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, २२ असार २०८०, १२ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गैरकानुनी रूपमा चिकित्सा अभ्यासमा संलग्न व्यक्ति पक्राउ
लागु औषध मुद्दाका दुई फरार प्रतिवादी पक्राउ
वडाध्यक्षलाई हातपात गरेको आरोपमा पत्रकार कुँवर पक्राउ
वडाध्यक्षलाई हातपात गरेको आरोपमा पत्रकार कुँवर पक्राउ
विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ
लागु औषधसहित सासू र बुहारी पक्राउ