एमालेले आज पनि संसद बैठक अवरुद्ध गर्ने

सफल खबर संवाददाता

शुक्रबार, २२ असार २०८०, ११ : २४
एमालेले आज पनि संसद बैठक अवरुद्ध गर्ने

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले को अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षि दल नेकपा (एमाले) ले आज पनि संसद बैठक अवरुद्ध गर्ने भएको छ ।

प्रधानमन्त्री प्रचण्डले आजको संसद बैठकमा आफ्नो अभिव्यक्तिबारे जवाफ दिने तयारी गरेपनि एमालले जवाफ नखोजेको भन्दै राजीनामा दिन माग गरेको छ ।

आफूलाई प्रधानमन्त्री बनाउन प्रीतम सिंह पटक पटक दिल्ली गएको भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर एमालेले प्रधानमन्त्रीको राजीनामा माग्दै आएको हो ।

यसैबीच संसद सभामुख देवराज घिमिरेले अवरुद्ध संसद खुलाउन दलका प्रमुख सचेतक र सचेतकहरुसँको छलफल राखेका छन् । सभामुख घिमिरेले ११ बजे प्रमुख सचेतकहरुसँग छलफल राखेका हुन् ।

यता प्रधानमन्त्री प्रचण्डले आज विहान सरकारमा सहभागी दलका प्रमुख सचेतकसँग छलफल गरेका छन् । बिहीबार बसेको सत्तारुढ सात दलको बैठकले प्रधानमन्त्री प्रचण्डले जवाफ दिने निर्णय गरेको हो ।

सरकारका प्रवत्ता एव सञ्चार, सुचना तथा प्रविधिमन्त्री रेखा शर्माले मंगबार बसेको मन्त्रीपरिषद् बैठकमा निर्णय सार्वजनिक गर्न विहिबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्रीले राजीनामा नदिने स्पष्ट पारेकी छन् ।

 

प्रतिक्रिया दिनुहोस