काठमाडौँ। गत मंगलबार ललितपुरको ग्वार्कोमा अमेरिकी डलर चोरी भएको घटनामा संलग्न रहेको आरोपमा चार जना पक्राउ परेका छन् ।सार्वजनिक सवारीमा यात्रा गरिरहेका विष्णु अधिकारीले बोकेको झोलाबाट ७ हजार ४७ अमेरिकी डलर (९ लाख २३ हजार १ सय ५७ नेपाली रुपैयाँ बराबर) चोरी गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा अमेरिकी डलर सटही गरिदिने मनी एक्सचेञ्जका सञ्चालक मंगललक्ष्मी श्रेष्ठसमेत चोरीमा संलग्न सञ्जिव तामाङ, आईतमान तामाङ, सविना तामाङ रहेको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार पक्राउ परेका चारै जनालाई चोरीसम्बन्धी कसुरमा थप कारवाहीका लागि जिल्ला प्रहरी परिसर जावलाखेल ललितपुरमा पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २१ असार २०८०, १४ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनमा ९५.१६५ केजी गाँजासहित एक जना पक्राउ
कास्की प्रहरीको स्वीप अपरेसन: एकै रातमा १२२ जना पक्राउ
विदेश पठाउने भन्दै ठगीको आरोपमा तीन जना पक्राउ
विमानस्थलबाट लागु औषधसहित एक अमेरिकी नागरिक पक्राउ
लागू औषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ
लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ