काठमाडौँ। गत मंगलबार ललितपुरको ग्वार्कोमा अमेरिकी डलर चोरी भएको घटनामा संलग्न रहेको आरोपमा चार जना पक्राउ परेका छन् ।सार्वजनिक सवारीमा यात्रा गरिरहेका विष्णु अधिकारीले बोकेको झोलाबाट ७ हजार ४७ अमेरिकी डलर (९ लाख २३ हजार १ सय ५७ नेपाली रुपैयाँ बराबर) चोरी गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा अमेरिकी डलर सटही गरिदिने मनी एक्सचेञ्जका सञ्चालक मंगललक्ष्मी श्रेष्ठसमेत चोरीमा संलग्न सञ्जिव तामाङ, आईतमान तामाङ, सविना तामाङ रहेको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार पक्राउ परेका चारै जनालाई चोरीसम्बन्धी कसुरमा थप कारवाहीका लागि जिल्ला प्रहरी परिसर जावलाखेल ललितपुरमा पठाइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २१ असार २०८०, १४ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लागूऔषध ब्राउन सुगरसहित एक जना पक्राउ
बैकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
काठमाडौँबाट चोरीको मोटरसाइकलसहित दुईजना पक्राउ
राष्ट्रपति कार्यालयमा तोडफोड र लुटपाट गर्ने तीन जना पक्राउ
जेनजी आन्दोलनमा प्रहरीको बर्दी लगाउँदै लुटपाट र आगजनी गरेको आरोपमा तीन जना पक्राउ
नख्खु कारागारबाट फरार भएका लामा काठमाडौँको गुजेश्वरि मन्दिरबाट पक्राउ