काठमाडौं । मकाउ पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखाको गण्डकी गाउँपालिका-८ स्थायी घर भई ललितपुरको गोदावरी-१४ बस्ने ५१ वर्षीय दुर्गाबहादुर रेग्मी रहेका छन् ।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले ठैबबाट पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।
उनले पीडितलाई जित बहादुर थामा मगरलाई वैदेशिक रोजगारीको लागि मकाउ पठाइदिन्छु भन्दै ६ लाख ६० हजार रकम लिई सम्पर्कविहीन भएको प्रहरीको भनाई छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २० असार २०८०, १९ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रहरीमाथि चक्कु प्रहार गर्ने गिरोहका ४ जना पक्राउ
१० लाख बढी हुन्डीको रकमसहित ३ जना पक्राउ
पर्यटकलाई दुःख दिने १२ जना पक्राउ
७५० केजी गाँजासहित दुई जना पक्राउ
लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ
चार किलो ३ सय ग्राम कोकिनसहित तीन जना पक्राउ