काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले भारतमा गराएको उपचारको खर्च सरकारले व्यहोर्ने भएको छ । १२ असारमा बसेको मन्त्रिपरिषदको बैठकले राष्ट्रपति पौडेलले भारतमा गराएको उपचारको खर्च व्यहोर्ने निर्णय गरेको हो ।
राष्ट्रपति पौडेल उपचारका लागि भारत जाँदा लागेको हवाई भाडा, अस्पतालको खर्च, सुरक्षाकर्मीको भ्रमण भत्तासहित ५५ लाख २ हजार २ सय ८९ रुपैयाँ सरकारले व्यहोर्ने भएको हो । यसअघि पौडेलको उपचार खर्च सरकारले व्यहोर्न नहुने भन्दै चौतर्फी आलोचना भएको थियो ।
राष्ट्रपति पौडेलले गत वैशाख ६ देखी १७ गतेसम्म भारतको दिल्लीमा उपचार गराएका थिए । ‘यथार्थ खर्चको बिल भरपाई बमोजिमको रकम सम्बन्धितलाई भुक्तानी दिने प्रयोजनका लागि ५५ लाख दुई हजार दुई सय ७९ रुपैयाँ निकासा गरिदिन अनुरोध छ ।’ परराष्ट्र मन्त्रालयले अर्थ मन्त्रालयलाई लेखेको पत्रमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १९ असार २०८०, २० : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रपति पौडेलद्वारा भानु साहित्य उद्यानको शिलान्यास
यस्तो छ संसद्को संयुक्त बैठकमा राष्ट्रपति पौडेलले गरेको सम्बोधनको पुर्णपाठ
जनअपेक्षा अनुरूप शासन सञ्चालन गर्नुपर्नेमा राष्ट्रपति पौडेलको जोड
निजी क्षेत्र देशको ‘आर्थिक इन्जिन’ : राष्ट्रपति पौडेल
राष्ट्रपति पौडेलसँग प्रधानन्यायाधिश सिंहको भेट
जनप्रतिनिधिलाई विकास र सुशासनमा एकताबद्ध भई जिम्मेवारी निर्वाह गर्न राष्ट्रपति पौडेलको आह्वान