मदिरासहित बोलेरो गाडी प्रहरीको नियन्त्रणमा

सफल खबर संवाददाता

मंगलबार, १९ असार २०८०, ०८ : ३२
मदिरासहित बोलेरो गाडी प्रहरीको नियन्त्रणमा

काठमाडौ । ईलाम जिल्लाको सुर्योदय नगरपालिका–२ टासीगाउँ ईलाकाबाट सशस्त्र प्रहरीले करीब ७ लाख ८२ हजार रुपैयाँ बराबरको चोरीपैठारीको मोटरपार्टस् तथा मदिरा सहितको बोलेरो पिकअप गाडी नियन्त्रणमा लिएको छ ।

प्रदेश नम्बर १–०३–००१ ज ००१९ नम्बरको गाडीमा राखी भारतबाट अवैध रूपले ल्याउँदै गरेको मोटरपार्टस् तथा मदिरा प्रस्तावित सीमा सुरक्षा गुल्म पशुपतिनगरले नियन्त्रणमा लिएको हो ।

गाडीभित्र डिजेल पाइप ८ थान, ब्याक लाइट कभर १० थान, इन्डिकेटर लाइट २० थान, पुस अटो स्विज २ प्याकेट, कार्बन १० थान, हेडलाइट १ थान, सिसाफ्रेम १० थान तथा हिट बियर ७२ कार्टुन र सिक्किमे रम ३८ कार्टुन फेला पारिएको छ ।
 
बरामद मोटरपार्टस् तथा मदिरा गाडीसहित आवश्यक कारवाहीका लागि पशुपतिनगर भन्सार कार्यालय ईलाममा बुझाइएको सहप्रवक्ता सशस्त्र प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस