काठमाडौं । मौरिसस पठाइदिन्छु भन्दै चार लाख भन्दा धेरै रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा गोलबजार नगरपालिका ६ स्थाई घर भई हाल काठमाडौंको वडा नं १६ वनस्थली बस्ने ४४ वर्षीय यम बहादुर नेपाली रहेका छन् ।
उनले मौरिसस पठाइदिन्छु भन्दै ४ लाख ५० हजार रकम ठगी गरेको प्रहरीले जनाएको छ । नेपालीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वनस्थली ढुंगेधाराबाट पक्राउ गरेको हो ।
पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १७ असार २०८०, २१ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पर्यटकलाई दुःख दिने १२ जना पक्राउ
७५० केजी गाँजासहित दुई जना पक्राउ
लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ
चार किलो ३ सय ग्राम कोकिनसहित तीन जना पक्राउ
निकोलस भुसाल पक्राउ
माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ