काठमाडौं । मौरिसस पठाइदिन्छु भन्दै चार लाख भन्दा धेरै रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा गोलबजार नगरपालिका ६ स्थाई घर भई हाल काठमाडौंको वडा नं १६ वनस्थली बस्ने ४४ वर्षीय यम बहादुर नेपाली रहेका छन् ।
उनले मौरिसस पठाइदिन्छु भन्दै ४ लाख ५० हजार रकम ठगी गरेको प्रहरीले जनाएको छ । नेपालीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वनस्थली ढुंगेधाराबाट पक्राउ गरेको हो ।
पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १७ असार २०८०, २१ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौँका विभिन्न ठाउँमा सिक्री लुट्दै हिँड्ने गिरोह पक्राउ
लागूऔषधसहित विभिन्न स्थानबाट ४१ जना पक्राउ
लागुऔषधसहित पाँच जना पक्राउ
सुकुमबासी मोर्चाका महासचिवसहित ३ जना पक्राउ
पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ
चितवनमा ९५.१६५ केजी गाँजासहित एक जना पक्राउ