तिलोत्तमा । रुपन्देहीको तिलोत्तमामा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । तिलोत्तमा–१० कान्छीबजारका ३८ वर्षीय महेश श्रेष्ठको मृत्यु भएको प्रहरीको भनाइ छ ।
इलाका प्रहरी कार्यालय मंगलापुरका अनुसार आइतबार बिहान ८ बजेतिर छिमेकीको घरमा बत्ती नबलेपछि पोलमा चढेर तार बनाइदिएका उनलाई तल झर्ने क्रममा करेन्ट लागेको थियो ।
गम्भीर घाइते भई अचेत बनेका उनको मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । पोस्टमार्टमपश्चात शव परिवारलाई बुझाइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १७ असार २०८०, १९ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
झापामा एक वर्षमा करेन्ट लागेर १५ जनाको मृत्यु
अछाममा करेन्ट लागेर एक जनाको मृत्यु, पाँच घाइते
करेन्ट लागेर एक जनाको मृत्यु
बल्ब जोड्ने क्रममा करेन्ट लागेर एक बालकको मृत्यु
खेतमा पानी लगाउने क्रममा करेन्ट लागेर महिलाको मृत्यु
करेन्ट लागेर एकजनाको मृत्यु