काठमाडौं। सन् २०२३ को ६ महिनामा हवाई मार्गबाट ७२ हजार २५० जना पर्यटक नेपाल आएका छन् । गत वर्ष यो अवधिमा नेपाल आउने पर्यटकको संख्या जम्मा ४६ हजार ९७५ जना मात्रै थियो ।
अध्यागमन विभागको तथ्यांकअनुसार नेपाल आउने पर्यटकको संख्या कोभिडपछि बढेको हो । कोभिडका कारण पर्यटनमा परेको असरका कारण सन् २०२० र २०२१ मा पर्यटक आगमन ओरालो लागेको थियो ।
सन् २०२३ को जुन महिनामा नेपाल आउने पर्यटकमा सबैभन्दा बढी भारतीय छन् । नेपालमा आउने भारतीय पर्यटकको संख्या जुन महिनामा मात्रै ३८ हजार ८४५ रहेको तथ्यांकले देखाएको छ । अध्यागमन विभागको तथ्यांकअनुसार नेपाल आउने पर्यटकमा जुन महिनामा अमेरिकी पर्यटक ८ हजार ४७०, चिनियाँ पर्यटक ४३ सय ४३, बंगलादेशी २४ सय १ र बेलायती १९ सय ९२ जना नेपाल आएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १७ असार २०८०, १२ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पर्यटकले ढोरपाटनका होटल भरिभराउ
दश महिनामा पाँच लाख ७३ हजार बढी पर्यटक मुस्ताङ भित्रिए
सौराहामा पर्यटकको आगमन उत्साहजनक : व्यवसायी
६ महिनामा २६ सय बढी पर्यटकले गरे शुक्लाफाँटा भ्रमण
कञ्चनजंघा क्षेत्रमा पर्यटकको चहलपहल बढ्यो
एक महिनामा ४८ हजार पर्यटक अन्नपूर्ण क्षेत्रमा भित्रिए