आईसीसी विश्वकप क्रिकेटको खेल तालिका सार्वजनिक

सफल खबर संवाददाता

मंगलबार, १२ असार २०८०, १३ : २०
आईसीसी विश्वकप क्रिकेटको खेल तालिका सार्वजनिक

काठमाडौँ । यसै वर्षको अक्टोबर–नोभेम्बरमा भारतमा हुने आईसीसी विश्वकप क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ । विश्वकप अक्टोबर ५ मा सुरु हुनेछ भने फाइनल नोभेम्बर १९ मा अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा हुनेछ।

आयोजक भारतले आफ्नो पहिलो खेल अक्टोबर ८ मा अस्ट्रेलियासँग चेन्नईमा खेल्नेछ । ४६ दिने प्रतियोगिताका लागि १० सहरका रंगशाला छनोट गरिएको छ । यस विश्वकपमा कुल १० टोलीको सहभागिता रहनेछ । आठ टोली यसअघि नै तय भइसकेका छन् ।

 

बाँकी दुई टोली को–को हुनेछन् भनेर छनोट खेल हुँदैछ । छनोट चरणको खेल जुलाई ९ मा सम्पन्न हुनेछ, त्यसपछि बाँकी दुई टोलीको टुङ्गो लाग्नेछ। यो विश्वकप राउण्ड रोबिनको आधारमा खेलाइनेछ । सबै टोलीले एकअर्कासँग खेल खेल्नेछन्। त्यसपछि शीर्ष चार टोलीले नकआउट चरण र सेमिफाइनलका लागि छनोट हुनेछन्।

 

प्रमुख खेलहरू

 

१३ अक्टोबर - अष्ट्रेलिया र दक्षिण अफ्रिका - लखनऊ

अक्टोबर १५ - भारत र पाकिस्तान - अहमदाबाद

अक्टोबर २० - पाकिस्तान र अष्ट्रेलिया - बैंगलोर

अक्टोबर २१ - इङ्गल्याण्ड र दक्षिण अफ्रिका - मुम्बई

२२ अक्टोबर - भारत र न्यूजील्याण्ड - धर्मशाला

२९ अक्टोबर – भारत र इंग्ल्याण्ड – लखनउ

४ नोभेम्बर - अष्ट्रेलिया र इङ्गल्याण्ड - अहमदाबाद

नोभेम्बर १२ - पाकिस्तान र इंग्ल्याण्ड - कोलकाता

पहिलो सेमिफाइनल – १५ नोभेम्बर – मुम्बई

दोस्रो सेमिफाइनल - 16 नोभेम्बर - कोलकाता

फाइल– नोभेम्बर १९– अहमदाबाद

कहाँ कहाँ खेल हुनेछन् ?

विश्वकपका लागि छनोट भएका १० सहरमा हैदरावाद, अहमदाबाद, धर्मशाला, दिल्ली, चेन्नई, लखनऊ, पुणे, बेंगलुरु, मुम्बई र कोलकाता रहेका छन् ।

प्रतिक्रिया दिनुहोस