नेदरल्यान्ड्स विरुद्धको खेलमा नेपालले दियो दुई सय १७ रनको लक्ष्य

सफल खबर संवाददाता

शुक्रबार, १८ साउन २०७५, १८ : २९
नेदरल्यान्ड्स विरुद्धको खेलमा नेपालले दियो दुई सय १७ रनको लक्ष्य

चितवन । नेदरल्यान्ड्स विरुद्धको अन्तिम एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेट खेलमा नेपालले दुई सय १७ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४८ ओभर २ बलमा अलआउट हुँदै २ सय १६ रन जोड्यो । कप्तान पारस खड्का र सोमपाल कामीको अर्धशतक पार गरेका छन् । कप्तान पारसले ५१ र सोमपाल कामीले ६१ रन बनाए ।  सुबास खकुरेल र दीपेन्द्रसिंह एेरीले समान १९÷१९ रन बनाए । ज्ञानेन्द्र मल्लले १३ र अनिल शाहले चार रन जोडे ।  रोहित पौडेलले ६, आरिफ शेखले १६,  सन्दीप लामिछानेले ८, बसन्त रेग्मी १ रनमा आउट भए ।

घरेलु टोली नेदरल्यान्ड्सका फ्रेड कासानेसले ३, मिचेल रिप्पोन र पिटर सेलारले समान २, पाउ भान मेकिरेन र साने स्नाटेरले समान १ विकेट लिएका थिए  ।

प्रतिक्रिया दिनुहोस