काठमाडौं । सर्वोच्च अदालतको प्रधानन्याधीशमा हरिकृष्ण कार्की नियुक्त भएपछि काठमाडौं जिल्ला अदालतका न्यायाधीश डा. श्रीकृष्ण भट्टराईले राजीनामा दिएका छन्।
न्यायाधीश भट्टराईले कानूनी र नैतिकरुपमा प्रश्न उठाएको व्यक्ति प्रधानन्यायाधीश भएको भन्दै पदबाट राजीनामा दिएको बताएका छन्। उनले प्रधानन्यायाधीश कार्कीको मातहतमा बस्न असहज हुने भन्दै पदबाट राजीनामा दिएको बताए।
न्यायाधीश भट्टराईले तत्कालिन कामु प्रधानन्यायाधीश रहेका कार्कीविरूद्ध संसदीय सुनुवाइ समितिमा उजुरी दिएका थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ११ असार २०८०, १४ : ५७
लेखकबाट थप